सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, चाँदी पनि प्रतितोला ३ हजार माथि

अनलाइनसमय |
२३ असोज २०८२
सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, चाँदी पनि प्रतितोला ३ हजार माथि

काठमाडौं, २३ असोज । केही दिनयता नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोाबार दिन बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी मूल्य पनि तोलामा ३ हजार माथि पुगेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस