काठमाडौं, २३ असोज । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले डा. निकोलस भुसालसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल, एसपी साह र सञ्जीव दाहाल छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।