जेनजी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको हो : शंकर पोखरेल

अनलाइनसमय |
२३ असोज २०८२
जेनजी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको हो : शंकर पोखरेल

काठमाडौं, २३ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी नेपाली समाजको परिचय नभएको बताएका छन । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेपालको परम्परा खल्बल्याउन पश्चिमाले पुस्ता विभाजन गरिदिएको बताए ।

‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नु पर्दछ,’ पोखरेलले भने, ‘हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो समाजलाई खलबल्याएर कसरी विभाजित गर्न खोजिदै छ भन्ने कुरा पुस्ता विभाजन गर्ने पश्चिमा रणनीतिले पनि बुझाइरहेको छ ।’

यस्तै समाज चलाउन सबै पुस्ताको संयोजन आवश्यक रहेको भन्दै पूर्वीय दर्शनले पनि त्यही भन्ने उनले बताए। ‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’ पोखरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस