२२.५९ अङ्कले बढ्यो नेप्से, कारोबार रकममा भने ह्रास

अनलाइनसमय |
२३ असोज २०८२
२२.५९ अङ्कले बढ्यो नेप्से, कारोबार रकममा भने ह्रास

काठमाडौं, २३ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ५९ अङ्कले बढेर दुई हजार ५८२ दशमलव १८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज २०० धितोपत्रको शेयर मूल्य बढ्दा ४१ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१३ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार १३ समूहको उपसूचकमध्ये व्यापार १ दशमलव ४८ प्रतिशतले घटेको छ भने बाँकी सबै बढेको छ ।

यसदिन लगानी १ दशमलव ६१, फाइनान्स १ दशमलव २३, विकास बैंक १ दशमलव ०८, बैंकिङ १ दशमलव ०७, जीवन बीमा १ दशमलव ३, उत्पादन तथा प्रशोधन १ दशमलव ०३, हाइड्रोपावर शून्य दशमलव ९५, निर्जीवन बीमा शून्य दशमलव ९३, होटेल तथा पर्यटन शून्य दशमलव ९२, अन्य शून्य दशमलव २३ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १७ प्रतिशत बढेको छ ।

आज बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै एशियन हाइड्रोपावर ५ दशमलव ५४, एमबीएल इक्युटी फण्ड ४ दशमलव ८२, कर्पोरेट डेभलपमेन्ट बैंक ४ दशमलव १५ र आरबीबी म्युचुअल फण्डको शेयर मूल्य ४ दशमलव ०९ प्रतिशतले बढेको छ ।

यसैगरी थ्री स्टार हाइड्रोपावर ९ दशमलव ०९, भूगोल इनर्जी डेभलपमेन्ट ५ दशमलव ४३, आत्मानिर्भर लघुवित्त ३ दशमलव ३७ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ६२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस