तोलामा ४२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२४ असोज २०८२
तोलामा ४२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ असोज । केही दिनयता निरन्तर रेकर्ड ब्रेक गर्दै बढरिहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज तोलामा बाट ४ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ३९ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस