राष्ट्र बैंकले बढायो सुन आयात र विप्रेषण सीमा, अब दैनिक २५ किलो ल्याउन सकिने

अनलाइनसमय |
२४ असोज २०८२
राष्ट्र बैंकले बढायो सुन आयात र विप्रेषण सीमा, अब दैनिक २५ किलो ल्याउन सकिने

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले सुन आयात तथा विप्रेषण रकमको सीमा बढाएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ संशोधन गर्दै अब दैनिक २५ किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था गरेको हो । यसअघि दैनिक २० किलोसम्म मात्र सुन आयात गर्न पाउने प्रावधान थियो ।

त्यस्तै संशोधन अनुसार अब नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत फिर्ता नहुने प्रयोजनका लागि विदेशबाट प्राप्त रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत लाभग्राहीको खातामा जम्मा गर्न सक्नेछन् । यसअन्तर्गत ल्याउन सकिने रकमको सीमा दैनिक २५ लाख रुपैयाँसम्म पु¥याइएको छ, जुन यसअघि २० लाख रुपैयाँ मात्र थियो ।

संशोधित परिपत्रले भित्रिने विप्रेषणको विवरण प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग तथा आर्थिक अनुसन्धान विभागमा पेश गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस