यसकारण गर्नुपर्छ सम्पत्ति बीमा (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२४ असोज २०८२
यसकारण गर्नुपर्छ सम्पत्ति बीमा (भिडियो रिपोर्ट)

काठमाडौं, २४ असोज । नेपालमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको बीमा दाबी बढ्दै गएको छ । अघिल्लो गत बुधवारसम्ममा २३ अर्बभन्दा बढीको बीमा दाबी परेको छ । कम्पनीहरूमा बीमा दाबी पर्ने क्रम बढेसँगै यसको भुक्तानीका लागि नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी, सर्भेयर लगायत सरोकारवालाहरूको सक्रियता बढेको छ । दाबी भुक्तानी सहज बनाउन प्राधिकरणले सम्बद्ध कम्पनीहरूसँगको समन्वय बढाउनुका साथै निर्देशन समेत जारी गरेको छ ।

जेनजी आन्दोलनका क्रममा निजीक्षेत्रमा ८० अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । यस्तै सरकारी सम्पत्तिमा १ खर्ब बराबरको क्षति भएको प्रारम्भिक आकलन छ । नेपालमा हालसम्म पनि सार्वजनिक सम्पत्तिको बीमा हुन सकेकोमा जेनजी आन्दोलनपछि सरकारले सरकारी सम्पत्तिको पनि बीमा गर्ने घोषणा गरेको छ । प्राधिकरणले वर्षौंदेखि दिँदै आएको सुझाव सम्बोधन भएसँगै कार्यान्वयन हुने आशा गरिएको छ ।

यसैगरी नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले पनि जोखिमपूर्ण एवं संवेदनशील भूगोलमा पर्छ । वर्षेनि आउने बाढीपहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ, जुन यस वर्ष पनि दोहोरिएको छ । सम्भाव्य विपत्तिबाट हुने क्षति र नोक्सानीबाट बच्न सबैले बीमा गर्नुपर्ने प्राधिकरणको आग्रह छ ।

प्राधिकरणका अनुसार जेनजी आन्दोलनका क्रममा भएको क्षतिको ३ हजार एक सयओटा दाबी परेका छन् । सबैभन्दा बढी दाबी सम्पत्ति बीमातर्फ ६०० ओटा परेका छन् । प्रदेशगत रूपमा बागमतीबाट सबैभन्दा बढी १ हजार ६०० भन्दा बढी छन् । बुधवारसम्ममा अग्रिम भुक्तानी समेत गरी १ अर्ब २९ करोड बराबरको भुक्तानी भएको छ ।

प्रस्तुत छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस