संरचनागत सुधारविना सम्भव छैन अर्थतन्त्रको पुनरुत्थान (अन्तरवार्ता)

अनलाइनसमय |
२५ असोज २०८२
संरचनागत सुधारविना सम्भव छैन अर्थतन्त्रको पुनरुत्थान (अन्तरवार्ता)

काठमाडौं, २५ असोज । नेपालको अर्थतन्त्रमा दुई वर्षयता शिथिलता कायमै छ । अर्थतन्त्रका बाह्य सूचक झन् झन् सबल बन्दै जाँदा आन्तरिक अर्थतन्त्रमा भने त्यसको प्रभाव देखिन सकेको छैन । विशेषगरी रेमिट्यान्स आप्रवाह, विदेशी विनिमय सञ्चिति र बैंकिङ प्रणालीमा प्रशस्त तरलता थुप्रिए पनि त्यो लगानीको रूपमा प्रवाह हुन सकेको छैन ।

नेपाल अर्को वर्ष विकासशील मुलुकमा स्तरोन्नति हुँदै छ । साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने अवस्थामा लगानीको ठूलो आवश्यकता छ । तर एकातर्फ आन्तरिक लगानी सुस्त छ भने प्रत्यक्ष विदेशी लगानी पनि आकर्षित हुन सकिरहेको छैन । मुलुकलाई अहिले जनसांख्यिक लाभ (डेमोग्राफिक डिभिडेन्ट) लिने ठूलो अवसर भए पनि युवा पुस्ताको बढ्दो पलायनले त्यो लाभ लिन सकिएको छैन ।

निजीक्षेत्र र आम जनताको आशा र अपेक्षालाई सरकारको वित्त नीतिले सम्बोधन गर्न नसक्दा राष्ट्र बैंकको मौद्रिक नीतिमा निर्भर हुनुपर्ने अवस्था छ । समग्रमा मुलुकको अर्थतन्त्रमा संरचनागत समस्या रहेकाले यसको उत्थानका लागि पनि संरचनागत सुधार नै हुनुपर्नेमा विज्ञको जोड छ । दीर्घकालीन आर्थिक गति कायम राख्न नीति तथा संस्थागत सुधार अत्यावश्यक रहेको विज्ञहरूले औंल्याउँदै आएका छन् । मुलुकको वर्तमान अर्थतन्त्र आर्थिक पत्रकारको दृष्टिबाट चाहिँ कस्तो देखिन्छ त ?

बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा सेजनका पूर्वअध्यक्ष, वरिष्ठ आर्थिक पत्रकार जनार्दन बरालसँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस