काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट रकम झिक्न पाउने रकमको सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार भुक्तानीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै डेबिट कार्डबाट झिक्न पाउने सीमा घटाएको हो ।
अब डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँमात्रै झिक्न पाउने व्यवस्था गरिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुको डेबिट कार्डमार्फत प्रतिकारोबार २५ हजार रुपैयाँ गर्न पाइन्थ्यो ।
त्यस्तै, प्रतिदिन ५० हजार रुपैयाँ र प्रतिमहिना ३ लाख रुपैयाँ मात्रै झिक्न सकिन्छ । यसघि डेबिट कार्डमार्फत प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो ।
प्रिपेड कार्ड र क्रेडिट कार्डको कारोबार रकम सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको छ ।
