काठमाडौं, २६ असोज । आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दनि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी भने हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आजचाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।