ग्लोबल आइएमई बैंकको ८% नगद लाभांश घोषणा

अनलाइनसमय |
२६ असोज २०८२
ग्लोबल आइएमई बैंकको ८% नगद लाभांश घोषणा

काठमाडौं, २६ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस