नेप्सेमा ७८.८३ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
२६ असोज २०८२
नेप्सेमा ७८.८३ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

काठमाडौं, २६ असोज । यस साताको कारोबारको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७८ दशमलव ८३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ५०३ दशमलव ३५ को बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ५९ अङ्कले बढेको परिसूचक २,५८२ को बिन्दुमा कायम थियो ।

आज परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । बिहीबार ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा आज ६ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक किनबेच भएको छ ।

आइतबार ३२४ धितोपत्र कारोबारमा आए, जसमध्ये २४२ धितोपत्रको मूल्य घटेको छ भने ९ धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस होटल एण्ड टुरिजम समूहको उपसूचक ४.८४ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रेपावरको ३.७९, फाइनान्सको ३.६७, लगानी समूहको ३.१३, विकास बैंकको २.९३, माइक्रोफाइनान्सको २.८८, व्यापारको २.८५, जीवन बीमाको २.५५, बैंकिङको २.३० र अन्य समूहको उपसूचक ४.७९ प्रतिशतले घटेको छ ।

आइतबार पाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशतले बढ्यो । त्यस्तै पन्चकन्या माइ हाइड्रोपावरको ४.९०, कुमारी धनवृद्धि योजनाको १.८९, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८२ र प्रभु स्मार्ट फण्डको १.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज बुटवल पावरको शेयर मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घटेको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ९.१५, राधि विद्युतको ८.५०, सीईडीबी होल्डिङ्सको ८.४५ र विन्ध्यबासिनी हाइड्रोपावरको ८.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस