राष्ट्रिय परिचयपत्रसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणालीे, बुधबारदेखि अनिवार्य लागू

अनलाइनसमय |
२७ असोज २०८२
राष्ट्रिय परिचयपत्रसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणालीे, बुधबारदेखि अनिवार्य लागू

काठमाडौं, २७ असोज । अब वैदेशिक रोजगारमा जाने व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्र प्रणाली (ल्क्ष्म्ःक्ष्क्) सँग जोडिएको छ । यससँगै अभिमूखीकरण तालिम लिने क्रममा अब वास्तविक व्यक्ति नै उपस्थित हुनुपर्ने व्यवस्था लागू भएको छ ।

पहिले अभिमूखीकरण तालिममा अरू व्यक्तिले बायोमेट्रिक प्रविष्ट गर्ने वा राहदानीधारी व्यक्ति स्वयं उपस्थित नहुने समस्या .थियो । अब भने वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (ँभ्क्ष्ःक्) लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग जोडिएपछि यस्तो अनियमितता रोकिने विभागले जनाएको छ ।

यो व्यवस्था यही असोज २९ गतेदेखि अनिवार्य लागू हुने विभागले जनाएको छ । सो दिनदेखि संस्थाहरुलाई नयाँ ब्याच सञ्चालन गर्दा ‘अपडेटेड ओरिएन्टेसन डेस्कटप एप्लिकेसन’ र सो सञ्चालन सम्बन्धी ‘म्यानुअल’ विभागबाट प्राप्त गरी सञ्चालन गर्न भनिएको छ ।

साथै वैदेशिक रोजगारमा जान अभिमुखीकरण तालिममा सहभागी हुनुअघि नै अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध हुनुहुन समेत विभागले अनुरोध गरेको छ ।

यस प्रणालीले वैदेशिक रोजगारमा जाने व्यक्तिको तथ्याङ्क एकीकृत गर्न, उनीहरूलाई आवश्यक जानकारी र तयारी गराउन, तथा रोजगार प्रक्रियालाई अझ सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस