सुनको मूल्य प्रतितोला साढे २ लाख नजिक, चाँदी पनि हालसम्मकै महङ्गो

अनलाइनसमय |
२८ असोज २०८२
सुनको मूल्य प्रतितोला साढे २ लाख नजिक, चाँदी पनि हालसम्मकै महङ्गो

काठमाडौं, २८ असोज । नेपाली बजारमा मंगलबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि बढेर उच्च मूल्यमा पुगेको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस