प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : देउवा

अनलाइनसमय |
२८ असोज २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : देउवा

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जेनजी’ प्रदर्शनपछि सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भएको टिप्पणी गरेका छन् ।

आज सानेपामा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले संविधानसभाबाट जनताले निर्माण गरेको संविधान नै जोखिममा परेको बताउँदै यस्तो निर्णयले लोकतान्त्रिक मूल्य–मान्यतामा ठेस पुर्‍याएको बताए ।

‘देशको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक छ,’ उनले भने, ‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ, जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ ।’

उनले देशको वर्तमान जटिल परिस्थितिमा नेपाली कांग्रेसलाई अझ एकताबद्ध र संगठित बनाएर लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । साथै लोकतान्त्रिक मूल्यप्रति आस्था राख्ने अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यका लागि पनि पार्टी तयार रहेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस