काठमाडौं, ३० असोज । केही दिन यता नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिनको तुलनाा आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।