वर्षेनि बढ्दै बीमा दाबी रकम, बीमाअघि हुनुपर्छ जोखिम न्यूनीकरण (अन्तरवार्ता)

अनलाइनसमय |
१ कार्तिक २०८२
वर्षेनि बढ्दै बीमा दाबी रकम, बीमाअघि हुनुपर्छ जोखिम न्यूनीकरण (अन्तरवार्ता)

काठमाडौं, १ कात्तिक । नेपालमा बीमाको आवश्यकता र महत्व झन् झन् बढ्न थालेको छ । जीवन बीमा मात्र नभई निर्जीवन बीमातर्फ बढ्दै गएका विभिन्न जोखिमले यसको महत्व बढाएको हो ।

नेपालमा प्राकृतिक विपत्ति तथा हुलदंगा जस्ता घटनाले एक वर्षमै ३०औं अर्बको दाबी परेको छ । एक वर्षमा परेका दाबीको सबैभन्दा बढी हिस्सा बाढीपहिरोजन्य क्षतिको रहेको छ । जलवायु संकटका कारण नेपालको बीमा क्षेत्रमा जोखिम बढ्दै गएको छ । यस्तो जोखिमले बीमकहरूको वित्तीय अवस्थादेखि समग्र बीमा उद्योगमै संकट ल्याउन सक्ने आकलन गर्न थालिएको छ ।

निर्जीवन बीमा उद्योगमा एकातिर जोखिम बढ्दै गएको छ भने अर्कोतर्फ अधिकांश घरसम्पत्तिको बीमा हुन सकेको छैन । जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएपछि सरकारले बीमा गर्ने घोषणा त गरेको छ । तर त्यसका लागि ठूलो वित्तीयस्रोत सरकारले कसरी जुटाउँछ भन्ने प्रश्न यथावत् छ । नेपालको बीमा उद्योगका अन्य जोखिम तथा चुनौती के के छन् त ? तिनको उचित व्यवस्थापन कसरी हुन सक्छ र निर्जीवन बीमा उद्योग दिगो विकास विस्तार हुन सक्छ ?

बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एशोसिएशन (निर्मा)का उपाध्यक्ष उदय अधिकारीसँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस