आइतबार तोलामा ४ हजार ८ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
२ कार्तिक २०८२
आइतबार तोलामा ४ हजार ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २ कात्तिक । नेपाली बजारमा केही दिनयता लगतार रेकर्ड ब्रेक गरेर बढिरहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस