सुनचाँदीमा लगानी : जोखिम कि प्रतिफलको क्षेत्र ? (अन्तरवार्ता)

अनलाइनसमय |
९ कार्तिक २०८२
सुनचाँदीमा लगानी : जोखिम कि प्रतिफलको क्षेत्र ? (अन्तरवार्ता)

काठमाडौं, ९ कात्तिक । सुन, नेपालमा अर्थतन्त्रदेखि उपभोग र संस्कृतिसँग जोडिएको महत्वपूर्ण वस्तु हो सुन । अर्थतन्त्रमा सुनको महत्व विश्वका शक्ति राष्ट्रदेखि उदीयमान अर्थतन्त्र लगायत सबै मुलुकमा उत्तिकै छ । अर्थतन्त्रमा अनिश्चय पैदा हुँदा, अर्थतन्त्रका अन्य अवयवले राम्ररी काम गर्न नसक्दा र विशेषगरी डलरको मूल्य घट्ने जोखिम हुँदा सुनमा लगानी बढ्छ र त्यसको मूल्य पनि आकाशिन्छ । विश्व बजारमा अहिले त्यस्तै भएको छ । एक वर्षमै सुनको मूल्य ८० हजार रुपैयाँ भन्दा धेरैले बढिसकेको छ । तर मूल्य बढ्दै गर्दा लगानी झन् झन् बढेको छ । त्यो प्रवृत्ति नेपालमा पनि देखिएको छ । अझ जेनजी आन्दोलनपछि अर्थतन्त्रप्रति विश्वास नहुँदा लगानीकर्ता सुनचाँदी खरीदमा झुमिएका छन् । बजारका सुनचाँदी पसलमा उपभोक्ताको भीड नै लागेको देखिन्छ । त्यसो त सुनचाँदीमा गरिने लगानीलाई पोर्टफोलियोको हिस्सा पनि बनाउने गरिन्छ । अझ कतिपयले त आफ्नो पोर्टफोलियोको १० प्रतिशतसम्म सुनचाँदीमा लगानी गर्न सुझाउँछन् ।

तर के सुनचाँदीमा गरिने लगानी जोखिम रहित छ त ? झन् मूल्य बढ्दै गएका बेला लगानी गर्दा भोलि मूल्य झर्दा कति गुमाउनुपर्ला ? साथै नेपालमा कमोडिटी मार्केट नहुँदा यसको सहज कारोबार हुन सकेको छैन । त्यसैले सुनचाँदीमा गरिने लगानीमा प्रश्नहरू धेरै छन् । पछिल्लो समय सुनको मूल्य किन बढ्दै गएको छ, यो लगानीको उपकरण हो कि होइन ? यसमा हुने जोखिमलाई कसरी बुझ्नुपर्छ र सचेत हुनुपर्छ ? यस बारेमा गत बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा कमोडिटी बजार विज्ञ विजय सत्यालसँग गरिएको कुराकानी यस्तो छ :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस