काठमाडौं, ११ कात्तिक । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।