काठमाडौं, २० कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीका कुल ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएका हुन् ।
यसमा सर्वसाधारणमा जारी १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुको ५८ लाख ८ हजार कित्ता शेयर समावेश छ ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसा देखि ३१९ रुपैयाँ ५६ पैसा सम्मको ओपनिङ्ग मूल्य सीमा तोकेको छ । सोही मूल्य सीमा अनुसार आगामी आइतबार प्रि–ओपन सेसनमा कारोबार हुनेछ र त्यसपछि नियमित दोस्रो बजारमा शेयर कारोबार सुरु हुनेछ ।