मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्रीको आह्वान

अनलाइनसमय |
२१ कार्तिक २०८२
मतदाता नामावलीमा नाम दर्ता गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न सबैलाई आह्वान गरेकी छन् । मतदाता दर्ता गर्ने समय ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् ।

उनले आज सामाजिक सञ्जाल एक्स अकान्टमा लेखेकी छन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी!’

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय कात्तिक ३० गतेसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस