३०.०२ अङ्कले घट्यो नेप्से, करिब ५ अर्बको कारोबार

अनलाइनसमय |
२३ कार्तिक २०८२
३०.०२ अङ्कले घट्यो नेप्से, करिब ५ अर्बको कारोबार

काठमाडौं, २३ कात्तिक । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३० दशमलव ०२ अङ्कले घटेर दुई हजार ५६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६ लाख १९ हजार १८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज २८ धितोपत्रको शेयर मूल्य बढ्दा २२२ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२३ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स सर्वाधिक २ दशमलव ९१ प्रतिशतले ह्रास आएको छ ।

यस्तै विकास बैंक १ दशमलव ८१, लगानी १ दशमलव ५५, जीवन बीमा १ दशमलव ३४, निर्जीन बीमा १ दशमलव ३३, बैंकिङ १ दशमलव २९, माइक्रोफाइनान्स १ दशमलव २८, हाइड्रोपावर १ दशमलव १८, म्युचुअल फण्ड १ दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८४, होटेल तथा पर्यटन ६९, व्यापार शून्य दशमलव ५७ र अन्य समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ ।

आज दरम खोला हाइड्रोपावर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सागर डिस्टीलरी र मावुलिङ इनर्जीको समान ९ दशमलव ९८, रु रु जल विद्युत् परियोजनाको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ ।

यसदिन उन्नति सहकार्य लघुवित्तको शेयर मूल्यमा नकारातमक सर्किट लागेको छ । यस्तै नेपाल फाइनान्स ६ दशमलव ७६, मनुशी लघुवित्त५ दशमलव ८८ र सम्पदा लघुवित्तकोे शेयर मूल्य ५ दशमलव ३२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस