बुङ्गल हाइड्रोको पहिलो कारोबार कति ?

अनलाइनसमय |
२४ कार्तिक २०८२
बुङ्गल हाइड्रोको पहिलो कारोबार कति ?

काठमाडौं, २४ कात्तिक । सोमबार सम्पन्न स्पेशल प्रि–ओपन सेसनमा बुङ्गल हाइड्रो लिमिटेडको सेयर पहिलो पटक कारोबारमा आएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०२ रुपैयाँ ४० पैसामा सम्पन्न भएको हो ।

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा आइतबार सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक समूहको ५३ लाख ९५ हजार कित्ता शेयरसहित कुल ८३ लाख कित्ता सेयर सूचीकृत गरिएको हो ।

नेप्सेले बुङ्गल हाइड्रोलाई पहिलो कारोबारका लागि १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको थियो । सोही सीमा भित्र सोमबारको प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार सम्पन्न भएको हो ।

अबदेखि बुङ्गल हाइड्रो लिमिटेडको शेयर नियमित दोस्रो बजारमा कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस