साढे १ खर्बले बढ्यो बागमती प्रदेशको औद्योगिक कर्जा

अनलाइनसमय |
२५ कार्तिक २०८२
साढे १ खर्बले बढ्यो बागमती प्रदेशको औद्योगिक कर्जा

काठमाडौं, २५ कात्तिक । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूले बागमती प्रदेशको उद्योगहरूमा प्रवाह गरेको कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा यस्तो कर्जा १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बढेको हो ।

२०८१ असार मसान्तसम्म १० खर्ब ६३ अर्ब ९४ करोड रहेको यस प्रदेशको कर्जा प्रवाह २०८२ को सोही अवधिसम्ममा बढेर १२ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ ।

यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६ दशमलव ४ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड (९२ दशमलव ४ प्रतिशत) कर्जा लगानी रहकोछ भने रसुवा जिल्लामा सबैभन्दा कम १३ करोड (शून्य दशमलव ०१ प्रतिशत) लगानी रहको छ ।

अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहकोले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ ।

कुल औद्योगिक कर्जामा विद्युत्, ग्याँस तथा पानी उद्योगको हिस्सा ३६ दशमलव ५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगको हिस्सा ३१ दशमलव ५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५ प्रतिशत, निर्माण उद्योगको हिस्सा १२ दशमलव ८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगकोहिस्सा ३ दशमलव ५ प्रतिशतलेर खानी उत्पादनसम्बन्धी उद्योगकोहिस्सा शून्य दशमलव ७ प्रतिशत रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस