दिल्लीमा भएको विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्धारा दुःख व्यक्त

अनलाइनसमय |
२५ कार्तिक २०८२
दिल्लीमा भएको विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्धारा दुःख व्यक्त

काठमाडौं, २५ कात्तिक । भारतको नयाँ दिल्लीस्थित लाल किल्लानजिकै भएको विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गरेकी छन् । कार्कीले आज सामाजिक सञ्जाल एक्समार्फत विष्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले एक्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छन्, ‘हिजो साँझ दिल्लीमा भएको दुःखद विस्फोट घटनाबाट म स्तब्ध र दुःखी भएको छु । पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्ध छ ।’

सोमबार साँझ नयाँदिल्लीको लालकिला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विष्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस