बागमती प्रदेशमा १.३ प्रतिशतले बढ्यो कृषि कर्जा

अनलाइनसमय |
२५ कार्तिक २०८२
बागमती प्रदेशमा १.३ प्रतिशतले बढ्यो कृषि कर्जा

काठमाडौं, २५ कात्तिक । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाह हुने कर्जा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२’ अनुसार गत आवमा बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा १ खर्ब २१ अर्ब कर्जा प्रवाह भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ दशमलव ३ प्रतिशतले बढी हो । आव २०८०/८१ मा यस्तो कर्जा ५ दशमलव १ प्रतिशतले घटेको थियो ।

बागमतीमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ३ दशमलव ७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कुल कृषि कर्जामध्ये यस प्रदेशमा प्रवाह भएको कृषि कर्जाको हिस्सा ३६ दशमलव १६ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा बढी ५२ दशमलव ६ प्रतिशत रहेको छ । त्यस्तै, चितवनको २३.१, मकवानपुरको ४.७, काभ्रेपलाञ्चोकको ४.३ र दोलखाको सबैभन्दा कम ०.५ प्रतिशत रहको राष्ट्र बैंकले जनाएको छ ।

जिल्लागत कृषि कर्जाको अवस्था हेर्दा काठमाडौं र चितवनमा अधिकेन्द्रित भएको देखिन्छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको कर्जा सीमा बमोजिम केन्द्रीय एवम् क्षेत्रीय कार्यालयहरूबाट कर्जा स्वीकृत हनु र त्यस्ता कार्यालयहरू धरेैजसो काठमाडौंमा भएको कारण सो जिल्लाहरूको कृषि कर्जाको हिस्सा बढी देखिने गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस