काठमाडौं, २६ कात्तिक । सोलु हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न धितोपत्र बोर्डको अनुमति प्राप्त गरेको छ । बोर्डले कम्पनीलाई आईपीओका लागि विवरण पत्र प्रकाशित गर्न स्वीकृति दिएको हो ।
स्वीकृत अनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका दुई करोड कित्ता शेयर जारी गर्न पाउनेछ । यो कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबरको हिस्सा हो ।
आईपीओ बिक्री तथा वितरणका लागि कम्पनीले नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।