कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट

अनलाइनसमय |
२६ कार्तिक २०८२
कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट

काठमाडौं, २६ कात्तिक । कुमारी बैंक लिमिटेडले दिगो विकासका लक्ष्यहरूलाई समर्थन गर्न ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ नामक नयाँ बचत योजना सुरु गरेको छ ।

‘एक खाता, एक रुख’ भन्ने अवधारणामा आधारित यो योजना अन्तर्गत बैंकले प्रत्येक नयाँ खाताको नाममा आफ्नातर्फबाट एउटा रुख रोप्नेछ । यसले ग्राहकहरूलाई आर्थिक फाइदासँगै वातावरण संरक्षणमा पनि प्रत्यक्ष रूपमा योगदान गर्ने अवसर प्रदान गर्नेछ ।

बैंकका अनुसार ग्रिन सेभिङ्स खातामा साधारण बचत खाताभन्दा शून्य दशमलव २५ प्रतिशतले बढी ब्याजदर पाइनुका साथै एक लाख रुपैयाँसम्मको बिमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा र योग्यता अनुसार दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा जस्ता आकर्षक लाभहरू उपलब्ध हुनेछन् ।

बैंकले देशभरका सबै शाखामार्फत यो योजना कार्यान्वयनमा ल्याएको छ । इच्छुक ग्राहकहरूले नजिकको शाखा वा बैंकको आधिकारिक वेबसाइटमार्फत विस्तृत जानकारी लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस