५० रुपैयाँका नयाँ नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता

अनलाइनसमय |
२७ कार्तिक २०८२
५० रुपैयाँका नयाँ नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता

 

काठमाडौं, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि चीनको एक कम्पनीसँग सम्झौता गरेको छ । राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छपाइको जिम्मा दिएको हो ।

बैंकका अनुसार उक्त कम्पनीले ५० रुपैयाँका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ र आपूर्ति गर्नेछ । यसका लागि १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्झौतासम्बन्धी कागजी प्रक्रिया बुधबार सम्पन्न भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस