काठमाडौं, २७ कात्तिक । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्ल्लो कारोबार दिन सुन बुधबार सुन प्रतितेला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ३ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।