१.१३ अङ्कले बढ्यो नेप्से, कारोबार रकममा भने ह्रास

अनलाइनसमय |
२७ कार्तिक २०८२
१.१३ अङ्कले बढ्यो नेप्से, कारोबार रकममा भने ह्रास

काठमाडौं, २७ कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक १ दशमलव १३ अङ्कले बढेर दुई हजार ५४५ दशमलव ७३ बिन्दुमा कायम भएको हो ।

आज ७६ लाख ०५ हजार ५८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १२३ धितोपत्रको शेयर मूल्य बढ्दा १२४ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२९ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार माइक्रोफाइनान्स समूहको उपसूचक स्थिर रहेको छ ।

आज व्यापार शून्य दशमलव ७९, होटेल तथा पर्यटन शून्य दशमलव ७२, हाइड्रोपावर शून्य दशमलव २२, बैंकिङ शून्य दशमलव १२, फाइनान्स शून्य दशमलव ०९ र म्युचुअल फण्ड समूहको उपसूचक २ प्रतिशतले बढेको छ ।

यसदिन निर्जीवन शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, अन्य शून्य दशमलव २४, जीवन बीमा शून्य दशमलव २३, विकास बैंक शून्य दशमलव ०८ र लगानी समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा माबुलिङ इनर्जी, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन बुङ्गल हाइड्रो र सागर डिस्टीलरी रहेका छन् । बन्दिपुर केवलकार एण्ड टुरिजमको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसैगरी नेपाल माइक्रो इन्सुरेन्स ४ दशमलव ८२, एनएमबी सुलभ लगानी फण्ड ३ दशमलव ८३, ओइस्टन हाइड्रोपावर ३ दशमलव ७, बेस्ट फाइनान्स कम्पनी ३ दशमलव १८ र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस