गण्डकीमा कृषि क्षेत्रफलसँगै घट्यो उत्पादन

अनलाइनसमय |
२८ कार्तिक २०८२
गण्डकीमा कृषि क्षेत्रफलसँगै घट्यो उत्पादन

काठमाडौं, २८ कात्तिक । पछिल्ला वर्षहरूमा गण्डकी प्रदेशमा कृषि भुभागको क्षेत्रफल निरन्तर घट्दै गएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१८२ वार्षिक प्रतिवेदन’का अनुसार गत आवमा गण्डकी प्रदेशमा प्रमुख कृषि बालीहरूले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिव १ दशमलव ११ प्रतिशतले घटेर ४ लाख ३१ हजार ३८५ हेक्टर रहेको छ । अघिल्लो वर्ष पनि यस्तो क्षेत्रफल ८ दशमलव ०९ प्रतिशतले घटेको थियो ।

उच्च हिमाली र पहाडी भेगबाट शहरी क्षेत्रमा बसाई–सराईको निरन्तरता र वैदेशिक रोजगारीको प्रभावले कृषि कार्यमा प्राथमिकता कम हुँदै गएकाले खेतियोग्य जग्गा–जमिन बाँझो रहने कारण कृषि भूमिको क्षेत्रफल घट्दै गएको देखिएको राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ ।

यस प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८८.७९ प्रतिशत प्रमुख खाद्य तथा अन्न बाली, ५.६६ प्रतिशत तरकारी, ३.७३ प्रतिशत फलफूल तथा १.६३ प्रतिशत मसला र ०.१९ प्रतिशत भू–भागमा चिया तथा कफी लगाइएको छ ।

गत आवमा गण्डकी प्रदेशमा खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा १.५५ प्रतिशतले घटेर ३ लाख ८३ हजार ५ हेक्टर रहेको छ । अघिल्लो वर्ष पनि यस्तो क्षेत्रफल ८.८५ प्रतिशतले घटेको थियो । बसाईसराई तथा बैदेशिक रोजगारको कारणले जनशक्तिको अभावमा यस प्रदेशमा खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा प्रत्येक वर्ष कमी हुदै गएको देखिन्छ ।

समीक्षा वर्षमा फापर, आलु, तेलहन, गहुँ र भटमासका क्षेत्रफलमा क्रमशः ६.६१ प्रतिशत, ३.२४ प्रतिशत, १०.८६ प्रतिशत, ०.४८ प्रतिशत र ०.१६ प्रतिशतले वृद्धि भएको देखिएतापनि धेरै क्षेत्रफलमा खेती गर्ने गरिएको धान, मकै र कोदोको क्षेत्रफलमा क्रमशः ३.८९ प्रतिशत, ०.७६ प्रतिशत र २.५३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । जौं, उखु र दलहनको क्षेत्रफलमा क्रमशः १६.४५ प्रतिशत, १३.९३ प्रतिशत र ६.१३ प्रतिशतले ह्रास भएको छ । खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलको ३४.०९ प्रतिशत भु–भागमा मकै, २५.५८ प्रतिशत भु–भागमा धान र १७.९९ प्रतिशत भु–भागमा कोदो खेती रहेको छ ।

गण्डकीका जिल्लामा कृषि उपजले ढाकेको क्षेत्रफल :

घट्यो उत्पादन
कृषि उत्पादन गर्ने क्षेत्रफल घटेसँगै उत्पादन पनि घटेको छ । गत आवमा प्रमसख कृषि बालीको उत्पादन ४.८६ प्रतिशतल घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो उत्पादन ४.६७ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादनमा ९.०५ प्रतिशतले घटेको छ । सो अवधिमा धान ३.२२ प्रतिशत , मकै १६.२३, गहुँ २०.११, कोदो २७.८४, जौ २८.७५, फापर ४४.३६, उखु २२.२९ र दलहनको उत्पादनमा ५.५३ प्रतिशतले कमी आएको छ । त्यसैगरी आलु, भटमास र तेलहनको उत्पादन क्रमशः २.४४ प्रतिशत, ०.४५ प्रतिशत, र ११.६२ प्रतिशतल बढेको छ ।

कुन जिल्लामा कति भयो उत्पादन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस