हङकङ हुँदै यात्रा गर्ने नेपालीले अब ट्रान्जिट भिसा लिनु नपर्ने

अनलाइनसमय |
२८ कार्तिक २०८२
हङकङ हुँदै यात्रा गर्ने नेपालीले अब ट्रान्जिट भिसा लिनु नपर्ने

काठमाडौं, २८ कात्तिक । अब हङकङ ट्रान्जिट भएर यात्रु गर्ने नेपाली राहदानी बाहकलाई अबदेखि ट्रान्जिट भिसा लिनु नपर्ने भएको छ ।

हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको हो । यो नियम १५ नोभेम्बरबाट लागू हुने छ । निरन्तर कूटनीतिक पहल एवम् अनुरोका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ ।

नेपाली राहदानीबाहक यात्रुलाई सन २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संसारकै उत्कृष्ट विमानस्थलहरूमध्ये एक भए पनि विमानस्थल भित्रै पर्ने ट्रान्जिट भिसाको अनिवार्यताका कारण नेपाली नागरिकले हङकङमा ट्रान्जिट गर्न पूर्व समस्या भोग्दै आएका थिए ।

यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ । हङकङ सरकरको यो कदमले दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस