काठमाडौं, २८ कात्तिक । गण्डकी प्रदेशमा घर/जग्गा रजिष्ट्रेशन संख्यामा बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा यस्तो संख्या २७ दशमलव ९ प्रतिशतले बढेको हो । अघिल्लो आवमा २४ हजार ४७८ रहेकोमा गत आवमा बढेर ३१ हजार ३०५ पुगेको छ ।
समीक्षा वर्षमा महानगर/नगरपालिकाबाट हुने नक्सा पास संख्यामा ८ दशमलव ४ प्रतिशतले घटेर१ हजार ७ सय ९४ रहेको छ ।
यसैगरी घर जग्गा रजिष्ट्रेशन वापतको राजस्व पनि घटेको छ । अघिल्लो आवको तुलनामा गत आवमा यस्तो राजस्व १३ दशमलव १ प्रतिशतले घटेर २ अर्ब ३ करोड १५ लाख रुपैयाँ सङ्कलन भएको छ ।
