गण्डकीमा आधाले घट्यो सहुलियतपूर्ण कर्जा

अनलाइनसमय |
२८ कार्तिक २०८२
गण्डकीमा आधाले घट्यो सहुलियतपूर्ण कर्जा

काठमाडौं, २८ कात्तिक । गत आवमा गण्डकी प्रदेशमा सहुलियतपूर्ण कर्जा आधाले घटेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१८२’ का अनुसार सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन सहित), बमोजिम गत आवमा गण्डकीमा प्रवाहित सहुलियतपूर्ण कर्जा ५१ दशमलव ५१ प्रतिशतले घटेको छ ।

सो अवधिमा प्रदेशमा ८ अर्ब ४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । गत वर्ष गण्डकी प्रदेशमा १६ अर्ब ५९ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो ।

यस प्रदेशमा प्रवाहित कुल कर्जाको ३९.८ प्रतिशत कास्की जिल्लामा प्रवाह भएको छ भने सबैभन्दा कम मनाङ जिल्लामा ०.२ प्रतिशत प्रवाह भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस