लुम्बिनीमा निरन्तर घट्दै कृषि उपजले ढाकेको क्षेत्रफल

अनलाइनसमय |
२८ कार्तिक २०८२
लुम्बिनीमा निरन्तर घट्दै कृषि उपजले ढाकेको क्षेत्रफल

काठमाडौं, २८ कात्तिक । विगत केही वर्षदेखि लुम्बिनी प्रदेशमा कृषि भूभागको क्षेत्रफल निरन्तर घट्दै गएको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ वार्षिक प्रतिवेदन’का अनुसार गत आवमा यस प्रदेशमा प्रमुख कृषि बालीहरूले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिव शून्उ दशमलव ५४ प्रतिशतले घटेर ८ लाख ५७ हजार ७०८ हेक्टर रहेको छ । अघिल्लो वर्ष पनि यस्तो क्षेत्रफल शून्य दशमलव ७४ प्रतिशतले घटेको थियो ।

पहाडी भेगबाट शहरी तथा तराईका जिल्लाहरुमा बसाइसराइ तथा काम गर्न सक्ने उमेरका जनशक्ति बैदेशिक रोजगारीमा जाने प्रवृतिले गर्दा जग्गाजमिन बाँझो रहन गएकाले कृषि भूमिको क्षेत्रफल घट्दै गएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८९.६५ प्रतिशत प्रमुख खाद्य तथा अन्य बाली, ५.८२ प्रतिशत तरकारी, ३.०७ प्रतिशत फलफूल तथा १.४१ प्रतिशत मसला र ०.०४ प्रतिशत भू–भागमा चिया तथा कफी लगाइएको छ ।

स्रोत : नेपाल राष्ट्र बैंक

त्यस्तै, खाद्य तथा अन्य बाली २०८१÷८२ मा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा १.४२ प्रतिशतले घटेर ७ लाख ६८ हजार ९ सय ६८ हेक्टर कायम भएको छ । गत वर्ष यस्तो क्षेत्रफल १.०४ प्रतिशतले घटेको थियो ।

बढ्यो उत्पादन
कृषि क्षेत्रफल घट्दै गए पनि गत आवमा खाद्य तथा अन्य बालीको उत्पादन भने ३ दशमलव ४३ प्रतिशतले बढेको छ ।

यस प्रदेशमा खाद्य तथा अन्य बालीको जिल्लागत उत्पादन विश्लेषण गर्दा सबैभन्दा धेरै योगदान कपिलवस्तु जिल्लाको २१.२४ प्रतिशत र सबैभन्दा कम रुकुमपूर्व जिल्लाको १.५५ प्रतिशत योगदान रहेको छ

स्रोत : नेपाल राष्ट्र बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस