काठमाडौं, ३० कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।