एसवाई प्यानलको आईपीओ बाँडफाँट, ४ लाख बढिले पाए

अनलाइनसमय |
३० कार्तिक २०८२
एसवाई प्यानलको आईपीओ बाँडफाँट, ४ लाख बढिले पाए

काठमाडौं, ३० कात्तिक । एसवाई प्यानल नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ)को बाँडफाँट सम्पन्न भएको छ । कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको आईपीओ आज बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर सार्वजनिक निष्काशन गरेको थियो ।

आईपीओमा २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परेको थियो । जसमा २० लाख ८७ हजार ३२० आवेदन मात्र स्वीकृत भएको र बाँकी आवेदन विभिन्न त्रुटिका कारण अस्वीकृत गरिएको बताइएको छ ।

अत्यधिक आवेदन परेको कारण शेयर गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ । गोलाप्रथामार्फत ४ लाख ७ हजार ६१५ जनाले १०÷१० कित्ता शेयर प्राप्त गरेका छन् ।

बाँडफाँट गर्दा ६ कित्ता शेयर बाँकी रहेकाले ती शेयर पनि गोलाप्रथामार्फत नै वितरण गरिएको छ । यस अनुसार ६ जनाले १÷१ कित्ता थप पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस