काठमाडौं, ३० कात्तिक । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव १५ अङ्कले घटेर दुई हजार ५४० दशमलव ५७ बिन्दुमा कायम भएको हो ।
आज ७९ लाख ५९ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ७४ धितोपत्रको शेयर मूल्य बढ्दा १६८ को घटेको छ । यस्तै १४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३७ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार १३ समूहको उपसूचकमध्ये ३ को बढ्दा बाँकी १० उपसूचकको घटेको छ ।
आज अन्य शून्य दशमलव ७२, होटेल तथा पर्यटन शून्य दशमलव १८ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।
यसैगरी फाइनान्स शून्य दशमलव ८७, विकास बैंक शून्य दशमलव ५२, हाइड्रोपावर र निर्जीवन बीमाको समान शून्य दशमलव ४९, माइक्रोफाइनान्स ३८, लगानी शून्य दशमलव ३४, बैंकिङ शून्य दशमलव ३०, म्युचुअल फण्ड शून्य दशमलव १४, जीवन बीमा शून्य दशमलव १२ र व्यापार समूहको उपसूचक शून्य दशमलव १० प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा बुङ्गल हाइड्रो, सागर डिस्टीलरी र बन्दिपुर केवलकार एण्ड टुरिजम रहेका छन् ।
यसदिन भुगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्यमा नकारातमक सर्किट लागेको छ । यस्तै रु रु जलविद्युत् परियोजना ९ दशमलव ५२, दरमखोला हाइड्रो इनर्जी ६ दशमलव ०९, पिपुल्स हाइड्रोपावर ५ दशमलव २३ र मावुलिङ इनर्जीको शेयर मूल्य ४ दशमलव ३७ प्रतिशतले ह्रास आएको छ ।