३३.३३ प्रतिशतले बढ्यो वैदेशिक अध्ययन खर्च, ३ महिनामै बाहिरियो करिब ४३ अर्ब

अनलाइनसमय |
३० कार्तिक २०८२
३३.३३ प्रतिशतले बढ्यो वैदेशिक अध्ययन खर्च, ३ महिनामै बाहिरियो करिब ४३ अर्ब

काठमाडौं, ३० कात्तिक । पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढेसँगै यसमार्फत बाहिरिने रकम पनि बढ्दो छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनका अनुसार चालू आव २०८२/८३ को तीन महिनामा वैदेशिक अध्ययनका लागि ४२ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत गत आवको असोजसम्मको तुलनामा ३३.३३ प्रतिशतले बढी हो । आव २०८१/८२ को सोही अवधिमा शिक्षातर्फको भ्रमण व्यय ३२ अर्ब २२ करोड रुपैयाँ थियो ।

शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै ६४ अर्ब ५९ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको असोजसम्मको तुलनामा १६ दशमलव ४ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा यस्तो खर्च ५५ अर्ब ४९ करोड रहेको थियो ।

चालू आवको असोजसम्ममा खुद सेवा आय ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । गत आवको सोही महिनामा खुद सेवा आय २३ अर्ब १ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च ८ दशमलव १ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । गत आवको भदौसम्ममा यस्तो आय १७ अर्ब ७६ करोड रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस