तोलामा ५ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१ मंसिर २०८२
तोलामा ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, १ मंसिर । नेपाली बजारमा आज भने सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस