३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा प्रवाह

अनलाइनसमय |
१ मंसिर २०८२
३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा प्रवाह

काठमाडौं, १ मंसिर । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो तीन महिनामा यस्तो कर्जा ३ प्रतिशतले बढेको हो ।

आवको साउन मसान्तमा १ खर्ब ४४ अर्ब ५३ करोड प्रवाह भएको मार्जिन कर्जा गत असोजसम्म आाइपुग्दा बढेर १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । यो अवधिमा ४ अर्ब १५ करोड रुपैयाँ बढेको देखिन्छ ।

गत साउनमा मार्जिन प्रकृतिको कर्जामा ५० लाखदेखि १ करोडसम्मका कर्जा लिने सबैभन्दा बढी बढेका छन् । सो अवधिमा यस्तो कर्जा लिनेहरू १० दशमलव ५ प्रतिशत, २५ लाखभन्दा कम लिने ३ दशमलव १, १ करोड भन्दा बढी कर्जा लिने २ दशमलव १ र २५ लाखदेखि ५० लाखसम्म कर्जा लिनेहरू १ दशमलव ५ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस