काठमाडौं, १ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ७८ अङ्कले बढेर दुई हजार ५५० दशमलव ३६ बिन्दुमा कायम भएको हो ।
आज ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १६७ धितोपत्रको शेयर मूल्य बढ्दा ७६ को घटेको छ । यस्तै १३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३५ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार १३ समूहको उपसूचकमध्ये ११ को बढेको छ भने दुई उपसूचक घटेको छ ।
आज होटेल तथा पर्यटन १ दशमलव ०७, विकास बैंक १ दशमलव ५, हाइड्रोपावर शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ६४, फाइनान्स शून्य दशमलव ५६, उत्पादन तथा प्रशोधन र लगानी समान शून्य दशमलव ५३, माइक्रोफाइनान्स शून्य दशमलव ३४, म्युचुअल फण्ड शून्य दशमलव १४, बैंकिङ शून्य दशमलव १३ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।
यस्तै अन्य शून्य दशमलव ४९ र निर्जीवन बीमा समुहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले घटेको छ ।
आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा बुङ्गल हाइड्रो, सागर डिस्टीलरी, बन्दिपुर केवलकार एण्ड टुरिजम र झापा इनर्जी रहेका छन् ।
आज भूगोल इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कुमारी इक्वीटि फण्ड ३ दशमलव ९४, एनआईबीएल स्टेबल फण्ड ३ दशमलव २९, नेपाल माइक्रो इन्सुरेन्स ३ दशमलव २१ र एमबीएल इक्वीटि फण्डको शेयर मूल्य ३ दशमलव ०५ प्रतिशतले बढेको छ ।