नेपाल–अष्ट्रेलिया कूटनीतिक सम्बन्धका ६५ वर्षको अवसरमा विशेष समारोह सम्पन्न

अनलाइनसमय |
१ मंसिर २०८२
नेपाल–अष्ट्रेलिया कूटनीतिक सम्बन्धका ६५ वर्षको अवसरमा विशेष समारोह सम्पन्न

काठमाडौं, १ मंसिर । नेपाल–अस्ट्रेलिया कूटनीतिक सम्बन्ध स्थापना भएको स्थापना भएको ६५ वर्ष पुरा भएको छ । सो अवसरमा नेपालस्थित अष्ट्रेलियाली दुतावासले काठमाडौंको सोल्टी होटलमा कात्तिक २९ गते (शनिबार) विशेष समारोह आयोजना गरेको थियो । सामारोहमा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री सुशीला कार्की उपस्थित थिइन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘६ दशकभन्दा लामो नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध शिक्षा, व्यापार, विकास तथा संस्कतिजस्ता क्षेत्रमा सहकार्यद्वारा फैलिएको छ । नेपालमा अष्ट्रेलियाको निरन्तरको विकास सहयोग, हाम्रो लोकतन्त्र र समावेशी रूपान्तरणको यात्रामा अष्ट्रेलियाले पुर्‍याएको निष्ठापूर्ण साथले गर्दा पनि अष्ट्रेलियासँगको मित्रता हाम्रा लागि विशेष महत्वको छ ।’

उक्त अवसरमा सम्मानीय प्रधानमन्त्रीले नेपाल अष्ट्रेलिया अल्मुनाई संघद्वारा प्रकाशित ६५औं स्मारिका पुस्तकको लोकार्पण गरिन् । उक्त स्मारिकाका आलेखहरुमा अष्ट्रेलिया र नेपाल बीचको गहिरींदो जनस्तरका सम्बन्धको समयक्रम र विविध आयामबारे चर्चा गरिएको छ ।

सन् १९६० मा दुइ देशबीच दोत्य सम्बन्ध स्थापित भएयता अष्ट्रेलियामा रहेको नेपाली डायस्पोरा विगतका केही वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ । यसले नेपाल र अष्ट्रेलियाबीचको जनस्तरको सम्बन्धलाइ सांस्कतिक रूपमा मजबूत बनाएको त छ नै अष्ट्रेलियाको बहुसाँस्कतिक समाजलाइ सम्रिद्ध र जीवन्त बनाउन महत्वपूर्ण योगदान पनि गरेको छ ।

यी दुवै राष्ट्रले द्विपक्षीय, क्षेत्रीय र संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै अएका छन् । त्यस्तै जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानतालगायत विश्वमा शान्ति स्थापना, स्थायित्व र सम्विद्धिको लागि दुवै देशको द्रिढ संकल्प रहेको छ ।

जनस्तरको झाँगिदो सम्बन्ध, सार्वभैमिकताको सम्मान तथा लोकतान्त्रिक मूल्यमान्यताहरूको प्रवर्धनसँगै अष्ट्रेलिया–नेपाल सम्बन्ध अझ सशक्त बन्दै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस