मंगलबार घट्यो सुनचाँदीको मूल्य, तोलामा कति ?

अनलाइनसमय |
२ मंसिर २०८२
मंगलबार घट्यो सुनचाँदीको मूल्य, तोलामा कति ?

काठमाडौं, २ मंसिर । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार प्रतितोला २ लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो सोमबार प्रतितोला ३ हजार १५५ रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस