सुदूरपश्चिमको जीडीजी ४ खर्ब ३० अर्ब

अनलाइनसमय |
२ मंसिर २०८२
सुदूरपश्चिमको जीडीजी ४ खर्ब ३० अर्ब

काठमाडौं, २ मंसिर । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जीडीजी) ४ खर्ब ३० अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार उक्त आवमा प्रदेशको जीडीजी वृद्धिदर ३ दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ ।

प्रदेशले चालू आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा ७ शदमलव ०३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ ।

बृहत् औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी ३४ शदमलव ७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम शून्य दशमलव १३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ ।

आव २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव १३ प्रतिशत)मा हुने संशोधित अनुमान गरिएको थियो ।

त्यसैगरी आव २०८१/८२ मा यस प्रदेशको जीडीजी ४ खर्ब ३० अर्ब रुपैयाँ र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३ दशमलव ३२ प्रतिशत र आधारभूत मूल्यमा २ दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ ।

आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर दुई प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २ दशमलव ९ प्रतिशत रहने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस