नेपाल बैंक ८९औँ वर्षमा प्रवेश, दीर्घसेवा कर्मचारीहरू सम्मानित

अनलाइनसमय |
२ मंसिर २०८२
नेपाल बैंक ८९औँ वर्षमा प्रवेश, दीर्घसेवा कर्मचारीहरू सम्मानित

काठमाडौं, २ मंसिर । नेपाल बैंक लिमिटेडले स्थापनाको ८९औँ वर्षमा प्रवेश गरेको छ  । विसं १९९४ कात्तिक ३० मा स्थापना भएको बैंकले सेवाको ८८औँ वर्ष पूरा गरी ८९औँ वर्षमा प्रवेश गरेको हो ।

सो अवसरमा बैंकको प्रधान कार्यालयमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको छ । समारोहका अध्यक्षता सञ्चालक समितिका अध्यक्ष प्राडा डिल्लीराज शर्माले गरेका थिए ।

यसै क्रममा बैंकमा २५ वर्ष अटुट सेवा गर्ने तीनजना र २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीलाई पदक तथा प्रशंसापत्रसहित सम्मान गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकको सुरक्षा बलियो पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने झापाको गौरादह र काठमाडौंको नयाँ बानेश्वर शाखाका सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको छ । सोही कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस