बुधबार बढ्यो सुनचाँदीको मूल्यमा, तोलामा कति ?

अनलाइनसमय |
३ मंसिर २०८२
बुधबार बढ्यो सुनचाँदीको मूल्यमा, तोलामा कति ?

काठमाडौं, ३ मंसिर । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार प्रतितोला ३ हजार ९० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस