काठमाडौं, ४ मंसिर । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।